मङ्लबार, जेष्ठ ५, २०८३

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा मोबाइल खरिद गर्न बजेट विनियोजन

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा मोबाइल सहितका विलासिता सामग्री खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानका लागि मोबाइल सेट खरिद गर्न ४० हजार कम्प्युटर ल्यापटप र प्रिन्टर खरिद गर्न ३ लाख र मोटरसाइकल खरिद गर्न ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यद्यपि ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक सम्पदाको खोज तथा अन्वेषण गर्न ५० हजार रूपैयाँ मात्रै विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेशभित्रका भाषाहरूको अध्ययन तथा अभिलेखीकरण गर्न २ लाख विनियोजन गरेको छ। प्रदेशको कामकाजको भाषा निर्धारणको तयारी गर्न पनि २ लाख मात्रै विनियोजन गरेको छ। । प्रज्ञा प्रतिष्ठानमा उपकुलपति टिएन जोशी बाहेक प्रज्ञाहरू र कर्मचारीहरू समेत छैनन्। सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा उपकुलपतिलाई मोबाइल सेट मोटरसाइकल र ल्यापटप सुविधा दिने व्यवस्था गरिएको छैन ।