सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आमसञ्चार क्षेत्रलाई अत्यन्तै कम प्राथमिकता दिएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ।
महासंघले असार १ गते सार्वजनिक बजेट वक्तव्यमा मिडिया तथा पत्रकारितासम्बन्धी विषयलाई उपेक्षा गरिएको भन्दै ध्यानाकर्षण गराएको हो। महासंघका अनुसार संघीय लोकतान्त्रिक मूल्य–मान्यताविपरीत आमसञ्चार क्षेत्रको आवश्यकता र भूमिका नजरअन्दाज गरिएको छ।
महासंघका महासचिव शिवराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयको कुल बजेटको ३३ प्रतिशत हिस्सा आमसञ्चार क्षेत्रमा छुट्याइनुपर्ने माग भए पनि सोको १० प्रतिशत पनि विनियोजन नगरिएको गुनासो छ।