मङ्लबार, जेष्ठ ५, २०८३

कैलालीमा भन्सार गरीे आएको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुशन्धानमा पठायो

धनगढी –

कैलालीमा भन्सार गरीे आएको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुशन्धानमा पठाएको छ ।
हरिओमको नाममा कैलाली भन्सार कार्यालयमा भन्सार गरार्ई आएको टायर र मोविल बोकेको भारतीय यु ३१ टि ३१२७ नं. को ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा हो । ट्रक र चालक सहित गाडी नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय कोहोलपुर लग्दै छौ सशस्त्र प्रहरी बल नेपाल ३४ नं गण प्रमख तथा एसपी सुरेन्द्र राज रन्जितकारले बताए । एसपी रन्जितकारका अनुशार भन्सार अपचलन भएको खवर आएकाले हामीले ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर राजश्व अनुशन्धान कार्यालय कोहोलपुर पठाएका छौं ।