मङ्लबार, जेष्ठ ५, २०८३

ट्राफिक प्रहरी जवान घटना : प्रहरीलेनै कुटपिट गरी सडकमा फालेको परिवारको आरोप, घटनाको अनुसन्धन गर्दै प्रहरी

धनगढी –
कैलालीको अत्तरिया बस पार्क नजिकै एक ट्राफिक प्रहरी जवान बेहोस अवस्थामा फेला परेका छन् । बस पार्कदेखि करिब २ सय मिटर टाढा पहाड रोडमा बुधबार राति १० बजेतिर ट्राफिक प्रहरी जवान सन्तोष चन्द अचेत अवस्थामा भेटिएका हुन् ।
ट्राफिक जवान चन्दकी श्रीमती विमला चन्दले घर वाट ८ वजे मेरो श्रीमान निस्किनु भएको हो, मलै पटक पटक फोन सम्पर्क गरे तर फोन उठेन । उनले भनिन मलाई साढे दश वजे तिर खड्का भन्ने ड्राइभरले फोन ग¥यो त्यस पछि म गए । म त्यहाँ पुग्दा मेरो श्रीमान होसमा हुनुहुन्थेन । मलाई विश्वास छ मेरो श्रीमानलाई कुटेर जंगलमा लगेर म¥यो भनेर फालिएको हो, ति फ्याक्ने पुलिस नै भएको उनको आरोप छ । उनले ति पुलिसहरुको बयान लिनुहोस तिनिहरुनै हुन् ।

मलाई सन्चो थिएन् तरकारी लिन जान्छु भनी गएका हुन् । मेरो श्रीमान अरुकै वाईकमा बसेर गएका हुन् त्यस पछि जंगलमा लगेर म¥यो भनेर फालियो, त्यहाँ अस्पतालमा कुरा लुकाउन खोजियो मेरो श्रीमानको शरिरको मर्ने मर्ने ठाउँमा चोट लागेको छ, दुर्घटना भएको भए यत्रो घाउ हुदैन थियो उनले भनिन । मेरो श्रीमानलाई पुलिसलेनै कुटपिट गरेका हुन मलाई न्याय चाहियो मेरो बुढोलाई कुटपिट गर्नेलाई कार्वाही हुनुपर्ने उनको माग छ ।

ट्राफिक प्रहरी जवान चन्दको दिदि उर्मिला चन्दले म अस्पतालमा पुग्दा आईसियुमा राखिएको थियो । दुर्घटना भएको जस्तो छैन मेरो भाईलाई कुटेरनै मार्न खोजिएको हो । दुर्घटना भएको भए त्यस्को प्रमाण दिनुपर्छ, कुटपिट भएको भए सत्यतथ्य पत्तालगाई कार्वाहुनुपर्ने उनले बताईन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले मेरै नेतृत्वको टोलीले उनलाई उद्धार गरी उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पु¥याएको बताए । अहिले उनको उपचार भईरहेको र प्रविधिक पाटोवाट अनुसन्धान भईरहेको उनले बताए ।

हाल उनको उपचार जारी रहेको र स्वास्थ्य अवस्थाबारे पनि जानकारी आउन बाँकी रहेको छ । घटना के हो ? यसबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । आफन्तले भने प्रहरीलेनै कुटपिट गरी फालेको आरोप लगाएको छ ।