धनगढी : कैलालीमा भारी वर्षा भएको छ।
सोमवार बिहानदेखिको वर्षका कारण धनगढी जलमग्न भएको छ। धनगढी उपमहानगरपालिका, पार्क मोड, रातो पुल लगायत मुख्य क्षेत्रमा पानी भरिएको छ। धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेकाले मोहना नदी आसपासका क्षेत्रहरूमा सतर्क रहन भनिएको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी वर्ष भएको बताए। तर, अहिलेसम्म वर्षाका कारण भएको क्षतिको कुनै विवरण प्रशासनलाई प्राप्त भएको छैन्।