धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला टी–२० प्रतियोगिताको समूह ‘ए’ बाट कैलाली र कञ्चनपुर सेमिफाइनलमा प्रवेश गरेका छन्। कञ्चनपुर तीनै खेलमा जित निकाल्दै समूह विजेता बन्दै अगाडि बढ्दा कैलालीले दुई खेलमा जित र एक खेलमा हार व्यहोर्दै उपविजेता बन्यो। बझाङले एक जित र दुई हार व्यहोरेको छ भने अछाम भने जितविहिन रह्यो।
शनिबारको पहिलो खेलमा कैलालीले बझाङलाई ६ विकेटले हराएको हो। बझाङले दिएको ११७ रनको लक्ष्य कैलालीले १६.५ ओभरमा चार विकेट गुमाउँदै पुरा गर्यो। कप्तान स्नेहा महराले २६ रनको अविजित पारीसहित उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बन्न सफल भइन्।
प्रतियोगिता असार १२ देखि १९ गतेसम्म सञ्चालन हुँदैछ। विजेता टोलीलाई २ लाख, उपविजेतालाई १ लाख, सान्त्वना दुई टिमलाई ५०–५० हजारसहित उत्कृष्ट प्रदर्शनकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ।