आइतवार, जेष्ठ २४, २०८३

धनगढीको चटकपुरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्थ, ट्राफिक प्रहरी धामी चिट काटिदिन्छु भन्दै धम्काउनमा मस्त

धनगढी –
धनगढीको चटकपुर छ लेन सडक खण्ड सहिदगेटमा ट्राफिक व्यवस्थापन अस्तिव्यस्त बनेको छ । धनगढी वाट महेन्द्रनगर, टिकापुर, लम्की, कोहलपुर, नेपालगंजका लागि छुटको गाडीहरु यात्रु झार्न र चढाउन रोकिने गर्छन् ।


त्यसै ठाउँमा सहिदगेट तर्फ पनि अस्तव्यस्त पार्किङ गरेको पाईन्छ तर त्यस ठाउँमा खटिने ट्राफिक प्रहरीलाई भने कुनै बास्ता छैन् ।
मंगलवार त्यस ठाउँको डिउटिमा खटिएका थिए ट्राफिक प्रहरी साहयक हवलदार दिपक धामी । हामी त्यहाँको दृष्य खिचि रहेका थियौ तर उनी मोवाईल चलाउनमा मस्त थिए । रङ् साईड वाट आएका एक जना मोटरसाईकल चालक संग उनले लाईसेन्स लिए । चालकले चिट काटिदिनु भन्दा समेत उनले चिट नकाटि पछि आउनु मिलाउला भन्ने जवाफ दिए ।


सवारी चालक निखिल जोशीले हामीले गाडी काहाँ रोक्ने, ६ लेन सडक खण्डमा कुनै पनि ठाउँमा गाडी पार्किङ वा बस विसौनी छैन् तर पनि ट्राफिक प्रहरीले दुख दिने गरेको बताए । उनले भने ट्राफिक प्रहरीले कहिले चिट काटिदिन्छन कहिले गाडीको चावी नै थुति दिन्छन् । कहिले त गाडी नै लगेर जान्छन् । हामीलाई धेरै दुख भएको छ उनले भने ।