धनगढी –
धनगढीको चटकपुरमा ट्राफिक व्यवस्थापन अस्त व्यस्त समाचार यस सनराईज टेलिभिजनमा प्रकाशित भए पछि चटकपुर क्षेत्रमा खटिएका ट्राफिक प्रहरीले सक्रियता देखाएका छन् । आज दिन भर त्यहाँ खटिएका प्रहरी सहायक हवलदार दिपक धामीले त्यस क्षेत्रको छ लेन सडकमा अवेवस्थित तरिकाले पार्किङ गरेर राखिएका सवारी साधनलाई सम्झाई बुझाई गरि हटाईए थियो ।

जिल्लाको ट्राफिक कार्यालय वाट खटिएको क्युआरटी टोली र अस्थाई प्रहरी पोष्ट चटकपुर वाट खटिएको टोलीको सहयतामा ट्राफिक व्यवस्थापन चुस्त बनाईएको प्रहरीले जनाएको छ ।
चटकपुर क्षेत्रमा कार्यालय समय, विध्यालय समयमा वढी भिडभाड हुने हुदा दुर्घटनाको जोखिम बढेको छ । चटकपुर, सहिदगेट क्षेत्रलाई मध्यनगर गरेर ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको संख्या वढाउनुुपर्ने स्थानियहरुले माग गरेका छन् ।
