सोमवार, जेष्ठ २५, २०८३

कैलाली कारागारमा कैदीबन्दी बिच कुटाकुट, नाईकेको नाकको डाँडी भाच्चियो

धनगढी, २८ असार/कैलाली जिल्ला कारागारमा कैदीबन्दीको एक आपसमा कुटाकुट भएको छ । कारागार भित्र रहेका कैदीबन्दीहरुको कुटाकुट हुँदा दुई जना घाइते भएको बुझिएको छ । कुटपिटको बिषय भने अहिले सम्म खुल्न सकेको छैन ।

शुक्रबार मात्रै टीकापुरबाट कारागार चलान भएका कैदीबन्दी कपिल श्रेष्ठले कैदीबन्दि कारागारका नाईके रहेका खगेन्द्र बोगटीलाई कुटेका हुन्। खगेन्द्र बोगटीको नाक मुखमा ठुलो चोट लागे पछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको नाकको डाँडी भाच्चिएको छ ।