सुदिप थापा – धनगढी
दृष्य नं. १

यो सुदुरपश्चिमको अस्थाई राजधानी धनगढीको मुख्य चोक चौराह अर्थात पृथ्वी चोक हो । जनताको सुरक्षामा खटिने प्रमुख निकाय नेपाल प्रहरी हो । त्यही प्रहरी बस्ने धनगढी उपमहानगरपालिकाको चौराह पृथ्वी चोकमा रहेको अस्थाई प्रहरी विटको अवस्था हेर्नुहोस् ।
बासको चार खामा, बोराको बार, टुटेफुटका खियालागेका टिनटिको छानो, टुटेको कुर्ची । प्रदेशकै अस्थाई राजधानी जस्तो संवेदनशिल ठाउँमा सुरक्षा निकाय बस्ने विट हो यो । प्रहरीले लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, नागरिको सुरक्षा, अवैध चोरी पैठारी नियन्त्रण यसै संरचनामा बसेर गर्ने गरेको छ । यो दृष्यले देखाउछ सरकारलाई यो विषयमा खासै चासो छैन् ।
विशालनगर प्रहरी विटको अवस्था पनि नाजुक छ । विशालनगर विटले चौराह क्षेत्र, चटकपुर, मित्रनगर, विशलनगर, रिङरोड, वडहरा क्षेत्रमा सुरक्षा दिने गर्दछ । तर त्यस क्षेत्रमा सुरक्षामा खटिने प्रहरी विटहरुनै नै असुरक्षित छन् ।

दृष्य नं. २
त्रिनगर भन्सार नाका प्रदेशकै ९ जिल्ला लाई भारत संग जोड्ने गौरीफन्टा संग जोडिएको प्रमुख भन्सार नाका हो । त्यहाँ त्रिनगर प्रहरी चौकी छ, प्रहरी चौकी ठिठिकै छ तर पुलमा सुरक्षामा खटिएको प्रहरी रुखको छाहारीमा बसेर काम गर्न बध्य छ । गर्मी होस या पानि नै परोस त्यहाँ खटिने प्रहरीलाई रुखैको साहारा लिनुपर्ने बाध्यता छ । त्रिनगर प्रहरी चौकी अन्तर्गतको मिलनचोकमा पनि प्रहरी विट छ त्यसको अवस्था पनि खासै गतिलो छैन् । पानी पर्दा पानी चुहिएर त्यहाँ खटिने प्रहरी रुझेरनै सुरक्षामा खटिन बाध्य छ ।
दृष्य नं. ३
धनगढीको चटकपुरमा पनि चटकपुर प्रहरी विट छ तर प्रहरी बस्नको लागि कुनै संरचना छैन । प्रहरी बस्नको लागि त्यहाँ स्थित स्वँस्तिक अस्पतालले एक कोठा, डिउटी गर्नको लागि एक कोठा सहयोग गरेको छ । बस्ने व्यवस्था नहुदा त्यहाँका प्रहरी कोठा खोजेर बस्न बाध्य छन् । चटकपुरमा पनि प्रहरी विटको आवश्यक्ता देखिन्छ ।
दृष्य नं. ४

धनगढी उपमाहनगरपालिका भरिको सुरक्षामा खटिने वडा प्रहरी कार्यालय हो यो । खेलकुल विकास समितिको जमिनमा २०४५ सालमा स्थापना भएको संरचन जिर्ण बन्दै गएको छ तर यस्को स्तान्त्रणमा भने कनै सरकारको ध्यान गएको छैन् । बर्खामा पानि जमेर शैचालय जान समेत त्यहाँको प्रहरीलाई सकस छ । भवन भित्रै सर्पको जोखिम छ । भान्साको अवस्था पनि खासै गतिलो छैन् । वडा प्रहरीको कमाण्ड प्रहरी निरिक्षकले समालेका हुन्छन् । स्रोत र साधनको रुपमा एउटा स्कापियो गाडी मात्रै छ । त्यही एउटा गाडीको सहायताले धनगढीका १९ वटै वडाको सुरक्षामा खटिनु पर्ने बाध्यता छ ।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक योगेश खत्रीले वडा प्रहरी कार्यालयको परिसरमा पानी पर्दा पानि जमेर काम गर्न कठिनाई हुने गरेको बताए । शौचालय पानिका कारणले जाम भएर पनि समस्या भएको बताएका छन् । भवन पनि पुरानो भएको बताउदै यस विषयमा विभिन्न समयमा कैलाली प्रमुखहरुले विभिन्न निकायमा ध्यानाकर्षण गरेको बताए । उनले भने हामी जुन सुकै अवस्थामा बसे पनि आफ्नो काम भने नियमित रुपमानै भएका स्रोत र साधानको उच्चतम प्रयाग गरी धनगढीको १९ वडामानै जनताको सेवामा समर्पित रेकोको बताए ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान, प्रहरी सहायक हवलदार, प्रहरी हवलदार प्रहरी संरचनामै आधारभुत प्रहरी मानिन्छ । तिनै दर्जाका प्रहरी कार्मचारीको सहयोगमा जनतालाई सुरक्षाको अनुभुति दिलाईन्छ तर विडम्बना तिनै प्रहरी कर्मचारी बस्ने सुरक्षित विट समेत नहुनुले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको यो विषयमा कुनै ध्याननै गएको छैन् । तर ति प्रहरी कर्मचरी झण्डा फहराएको गडी गुड्ना साथ सलुटका लागि तमतयार भइ बस्नै पर्छ ।
सुरक्षित र व्यवस्थित प्रहरी विट निर्माणमा स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको ध्यान जान जरुरी देखिन्छ ।