त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका–१५ का दिपेन्द्र चन्दको मृत्युभयो। सोही दिन शुक्लाफाँटा नगरपालिका–१ स्थित बसको ठक्करबाट सोही स्थानका द्रोपति भट्टको मृत्युभयो। एक सातामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन्।
‘अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डमो देखाउने गरेका छौँ।’ उनले भने, ‘विभिन्न समयमा चालकहरुसँग पनि सचेतना कार्यक्रम गर्दै आएका छौँ।’ यहाँका स्थानीय विष्णु जोशी भने सवारी दुर्घटनामा राज्य र नागरिक उत्तिकै दोषी देख् छन्। ‘सवारी चालक स्वयम् सचेत भए दुर्घटना न्यूनीकरण हुन्छ।’ उनले भने, ‘चालकले थाहा पाएर पनि ट्राफिक नियम मान्दैन, त्यसको नियमन गर्ने निकाय मौन छ।’
उनले अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको बताए। चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको अर्का स्थानीय सरस्वती भट्ट बताउछिन्।
‘सवारी दुर्घटना हुँदा जसले गल्ती गरेको हो उसलाई कारबाही हुनुको साटो जहिले पनि ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्ने होला।’ उनले भनिन्, ‘फितलो कानुनका कारण पनि चालक र पैदलयात्रु दुबैले लापरबाही गरेको हुन्छ।’ उनले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि चालकले लापरबाही गर्ने गरेको बताइन्।