सोमवार, जेष्ठ २५, २०८३

डेउडा गायनका चम्किला तारा शेरी औजिको आवाजमा “हौश्या जोवन” सर्वत्र बजारमा 

धनगढी –

पछिल्लो समयमा गीत संगीतमा कर्म गर्नेहरूको लहरमा छ। तर यसको वजन भने खस्किँदो अवस्थामा छ । यही आकाशका एउटा तारा हुन् शेरि औजी उनीबाट याे प्रवृतिको अपेक्षा गरिएको छैन किन की उनले आज सम्म श्रृजना गरेका र गाएका हरेक गीतहरूमा सामाजिक र शब्द चयनकाे अनुशासन प्रमूख रुपमा देख्न सकिन्छ र गीतले उनको आवाज प्राप्त गर्दा माधुर्यता र मौलिकता झल्केको महसुस नगर्ने सायदै भेटिन्छन। सवै उमेर समूहकाहरुले शेरि औजि प्रती अत्यंत मोह देखाएका छन। त्यो सायद उनको सरलता र ज्यादुरस कण्ठ कै कारणले होला।

जति सुन्दा पनि धित नमर्ने मौलिक भाकाहरु गाईरहन्छन् । केहि दिन अगाडी उनको आफ्नै Sheri auji YouTube channel बाट बजारमा आएको “हौश्या जोवन” बोलको डेउडा गीतमा मनै छुने शव्दहरु छन।हरिश पार्कि हरपल को प्रस्तुति,सर्जक गोकर्ण दयालका मार्मिक र मौलिक शब्दले स्वयम् औजीको लय पाउँदा मनमोहक बनेको गीतले तीनै मधुर स्वरका गायक शेरि औँजी लक्ष्मी नेपालीकाे रहेकाे छ।

सुदूरपश्चिमको सुन्दर डडेल्धुरा जिल्लाको भित्री मधेशको प्राकृतीक अनुपमतामा छायांकन भएकाे गीतमा लोकप्रिय मोडल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जील्ला शाखा बैतडी अध्यक्ष ज्ञानेन्द्र सुनार र चर्चित मोडेल मनिषा रावल रहेकिछिन्। भने अत्यन्तै आकर्षक देखिने भिडियाेमा निर्देशक कुशल निर्देशक सुरेन्द्र संगम ( डोट्याल बड्डो) ले गरेका छन् । छायांकन सम्पादनमा कृष्ण बाबू रहेका छन् भने गीतको ऐरेन्ज भुवन प्रकाश बडुले गरेका छन।
पर्यटन प्रवर्द्धन र भाषा संस्कृति संरक्षणकाे दर्जामा रहने दर्शकहरुको सुझाब छ।