एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस धनगढीले यही १६ जुलाई २०२५ (असार ३२ गते) ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ। कार्यक्रम एक्सपर्टको धनगढीस्थित कार्यालयमा बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
एक्सपोमा अस्ट्रेलिया, क्यानाडा, युके, अमेरिका र न्युजिल्याण्डका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका ३० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ। विद्यार्थीहरूले प्रत्यक्ष रूपमा यिनीहरूसँग भेटघाट गरी छात्रवृत्ति, भर्ना प्रक्रिया तथा आवश्यक तयारीबारे जानकारी लिन सक्नेछन्।
IELTS र PTE तयारीमा विशेष छुट, आकर्षक गिफ्ट ह्याम्परजस्ता अफरसमेत उपलब्ध हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमबारे म्यानेजिङ डाइरेक्टर दिपेन्द्र चौधरी र शाखा प्रमुख नीलम चौधरीले भने, “यो एक्सपो सुदूरपश्चिमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणाली बुझ्न र आफ्नो करिअर निर्माणमा ठोस निर्णय गर्न मद्दत पुर्याउनेछ।”