दार्चुलाको महाकाली नगरपालिका–४ बसपार्क क्षेत्रमा भन्सार छली गरेर ल्याइएको ८६ बण्डल भारतीय बिडी बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको गस्ती टोलीले सोमवार अबैध रूपमा भारतबाट ल्याइएका अन्दाजी १२ हजार ९ सय रुपैयाँ मूल्य बराबरका बिडी बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले बरामद गरिएको सामग्री सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको छ।