सोमवार, जेष्ठ २५, २०८३

रास्वपाको ऐक्यबद्धता हस्ताक्षर अभियानमा सुदूरपश्चिमबाट ९० हजारभन्दा बढी हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले सभापति रवि लामिछानेविरुद्ध राज्यसञ्चालित प्रतिशोधको विरोधमा सञ्चालन गरिएको ऐक्यबद्धता हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ९० हजारभन्दा बढी नागरिकको हस्ताक्षर संकलन भएको जनाएको छ।

प्रदेशस्तरीय अभियानमा कञ्चनपुर र बैतडीबाहेकका जिल्लाबाट ७०,६९७ हस्ताक्षर संकलन भएको छ। अनौपचारिक रिपोर्ट अनुसार कञ्चनपुरबाट मात्र २०–२२ हजार हस्ताक्षर प्राप्त भइसकेका छन्। बैतडी जिल्लाको विवरण आउन बाँकी रहेको जानकारी सुदूरपश्चिमको सभापति इन्जिनियर प्रकाश विष्टले बताएका छन ।

केही त्रुटिपूर्ण तथ्यांक केन्द्रमा पठिएको भन्दै सच्याइएको स्पष्टीकरण दिँदै रास्वपाले अभियानमा देखिएको अपार जनसमर्थनले आफूहरूलाई थप प्रेरित र जिम्मेवार बनाएको उल्लेख गरेको छ। बाँकी जिल्लामा समेत अभियान जारी रहेको भन्दै सबैलाई आ–आफ्नो स्थानबाट ऐक्यबद्ध हुन अनुरोध गरिएको छ।