सोमवार, जेष्ठ २५, २०८३

सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभा सम्पन्न, १ अर्ब ५४ करोडको बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा रजिष्ट्रार प्रा.डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित पारित गरिएको हो।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयको आर्थिक अवस्था मजबुत बनाउन बजेट यथार्थपरक आधारमा प्रस्तुत गर्न निर्देशन दिएका थिए।