मङ्लबार, जेष्ठ २६, २०८३

अत्तरिया नो लाइट कार्यालयबाटै सुनको सिक्री गायब

अत्तरिया – अत्तरिया नो लाइट कार्यालयबाट सुनको सिक्री गायब भएको छ । नो लाइट कार्यालयको ग्राहक सेवा फाटमा कार्यरत टुल्की कुमारी बुढा मगरको १ तोलाको सुनको सिक्री गायब भएको हो ।

असार ३२ गते कार्यालय जाँदा सुनको सिक्री घाटीमा लगाएर गए पनि दिउँसो २ बजे घाटीमा हेर्दा सिक्री नभेटिएको बुढा मगरले बताइन् । उनका अनुसार बिहान १० देखि २ बजेको बिचमै कार्यालय भित्र सुनको सिक्री हराएको हो ।

‘कार्यालयमा जडान गरिएको सिसिटिभीमा पनि म कार्यालय जाँदा सुनको सिक्री घाटीमा देखिएको छ’ उनले भनिन ‘दिउँसो २ बजे सिक्री घाटीमा नभेटिएपछि मैले हराएको थाहा पाए । पछि कार्यालयमा खोज्दा कतै भेटिएन ।’ उनले सो बिचमा आफू कार्यालय बाहिर पनि नगएको बताइन ।

उनले आफ्नो सुनको सिक्री भेटाएको वा लगेको भए कार्यालयमा बुझाइदिन आग्रह गरेकी छिन । उनले सिक्री बुझाउनलाई पुरस्कार दिने बताइन । उनले सुनको सिक्री हराएको बारेमा मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीमा पनि निवेदन दिएको बताइन् ।