मङ्लबार, जेष्ठ २६, २०८३

कञ्चनपुरमा बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन्।

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब एक सय मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले बताए। उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताए। “बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्”, उनले भने, “अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदैछ।”