मङ्लबार, जेष्ठ २६, २०८३

सरकारको नीति, जथाभावी कर लगायतका कारण व्यवसायी धरासायी भइरहेको धनगढीका व्यवसायीहरुको गुनासो

धनगढी– सरकारको अव्यवहारिक नीति, कर तथा कानुन लगायतले धनगढीमा व्यापार व्यवसायनै गर्दै आएका व्यवसायीहरु धरासय बन्दै गरेको व्यवसायीहरुले गुनासो रहेको छ ।
मंगलबार कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा सरोकारवालाहरुसंग आयोजित छलफल कार्यक्रममा धनगढीले वर्षेनी वृद्धि गर्दै आएको राजश्व, तीन तहकै सरकारमा एकै प्रवृतिको कर लग्नु, व्यापार हुने समयमा प्रहरी प्रशासनले बन्द गराउनु, आर्थिक मन्दी भएको समयमा बैंक वित्तिय संस्थाले लग्ने ब्याज लगायतका समस्या भोग्नुपर्ने अवस्था रहेको बताएका हुन ।
धनगढीका व्यवसायी सचिन न्यौपानेले मल बोक्ने यात्रुबाहक सवारीसाधनलाई प्रहरीले समस्या दिइरहेकोले यसको समाधान खोज्न गुनासो गरे ।

व्यवसायी रविन चन्दले होटल व्यवसायीहरुले ढुक्क भएर व्यापार गर्ने वातावरण नभएको बताए । उनले गर्मिको समयमा दिनभरी व्यवसायी नचल्ने तर, साँझदेखि रातिसम्म ग्राहक आउने बताए । तर, सोही कारोबार हुने समयमा प्रहरीले बन्द गराउदा आम्दानी घटीरहेको बताए । उनले रातिको समयमा कारोबार गर्ने वातावरण मिलाउन आग्रह गरे ।

व्यवसायी कमल बमले व्यापार गरिरहेको क्षेत्रमा ¥यालिङ्ग लगाइदा प्रमुख समस्या भएको बताए । उनले व्यापारका लागि समाना लोड अनलोड गर्न पनि समस्या भइरहेको बताए ।

छापाखाना व्यवसायी शैलेश श्रेष्ठले ¥यालिङगका कारण सवारीसाधनबाट सामानहरु गोदामसम्म पुगाउन समस्या भएको बताए । उनले विकास गर्ने भन्नेमा नाममा व्यवसायीनै धरासाय बनाउने कार्य भइरहेको बताए ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले ग्राहकका सवारी सडक छेउमा ट्राफिकले राख्न नदिने, सडकमा सवारी राख्ने स्थानको व्यवस्था नगरी अवैज्ञानिक तरिकाले साइकल लेन बनाइनु, मनोमानी कर वृद्धि हुनु, आर्थिक मन्दीको समयमा व्यापार व्यवसायनै नभइरहेको समयमा व्यपारीहरुलाईनै विस्थापन हुने गरि तीन तहको सरकारबाट कार्य भइरहेको बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले स्थानीय तह व्यवसायीहरुको पक्षमा काम गर्न तयार रहेको बताए । उनले सडक स्थानीय तहलाई हष्तान्तरण नभएको कारण अहिले सडकबाट व्यवसायीले व्यहोर्नु परेको समस्या समाधान गर्न नसकेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक दर्शन खडकाले राज्यले बनाएको कानुन कार्यान्वयन गराउनु सुरक्षा निकायको जिम्मेवारी रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख चक्र देउवाले छ लेन र मुख्य सडक छेउमा सवारी साधन राख्दा अस्तव्यस्त भएकोले ट्राफिक व्यवस्थापनमा आफुहरु लागेको बताए । उनले सवारी साधनलाई व्यवस्थित बनाउन अहिले ट्राफिक लागेको बताए । उनले सवारी राख्ने स्थान स्थानीय तहले नबनाउँदा समस्या भइरहेको बताए ।

सडक छेउमा रेलिङ लगाउनु, सवारी राख्ने स्थान नहुनु, मनोमानी कर, रातभरी व्यवसाय गर्न नपाउनु लगायतका कारण व्यपारीहरुले समस्या झेल्नुपरिरहेको गुनासो बढ्दै गएको छ । सोही कारण मंगलबार सरोकारवालाहरुसंग समस्या समाधानका लागि उद्योग वाणिज्य संघले छलफल गरेको थियो ।