सोमवार, जेष्ठ २५, २०८३

राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि थप पहल गरिदिन आग्रह

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे ।

आमा पद्माले आफ्नो छोरा विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइमा आफूले थप प्रयास गर्ने बताएका थिए ।