धनगढी, ६ असोज / नेपाल तरुण दल धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का युवाहरूले कैलाली कारागारलाई कम्प्युटर ९डेस्कटप० हस्तान्तरण गरेका छन्। जेन जेड आन्दोलनपछिको परिस्थितिले कारागार प्रशासनलाई नियमित कार्य सञ्चालनमा असहज पारेको भन्दै सेवासुविधा सहज बनाउनका लागि कम्प्युटर हस्तान्तरण गरिएको जनाइएको छ । नेपाल तरुण दल धनगढी उपमहानगरपालिका २ का अध्यक्ष गोविन्द भण्डारी, ३ का अध्यक्ष दिनेश खड्का र वडा नं. ३ का उपसभापति समिर गहत राज को पहल मा कम्प्युटर डेस्क बितरण गरिएको हो । उक्त कार्यक्रममा तरुण दल केन्द्रिय सदस्य दिपेन्द्र बम र तरुण दल प्रदेश (ख) अध्यक्ष तेजु रोकायको उपस्थित मा सामाग्री बितरण गरिएको ३ का अध्यक्ष दिनेश सड्काले बताए ।
उनका अनुसार कारागारमै पुगेर जेलरलाई सो कम्प्युटर हस्तान्तरण गरिएको र सेवा सुचारु गर्न सहज होस् भन्ने उद्देश्यलका साथ बितरण गरिएको हो ।