मङ्लबार, जेष्ठ ५, २०८३

करारका कर्मचारी हटाउन बेलौरीमा जेन–जीको ताकेता

कञ्चनपुर: कञ्चनपुरकोे बेलौरी नगरपालिकामा जेनजी समुहका युवाले निरन्तर ताकेता गरिरहेका छन । २४ भदौँमा कञ्चनपुरसहित देशभरका पालिका सहितका कार्यालय, वडा कार्यालय अन्य सरकारी एव निजी सम्पत्तिमा भौतिक क्षति पुर्याए पनि बेलौरीमा जेन–जीले शान्तिपूर्ण खबरदारी गरेका थिए । बुधबार पनि जेन–जी पक्षधर युवाहरुले टाउकोमा कालोपट्टी बाँधेर करारका कर्मचारी हटाउँदै पालिकामा हरेक कर्मचारी, तिनका शाखाले सामान खरिददेखि कमिसन खाने जस्ता संस्थागत भ्रष्टाचारमा लिप्त भएको भन्दै सुशासन कायमकोे माग अघि सार्दै आएका छन् ।

जेन–जी समूहका अगुवा विष्णुदत्त अवस्थीले करारका कर्मचारी हटाउनुपर्नेदेखि संस्थागत भ्रष्टाचार रोकिनु पर्ने माग रहेको बताए । उनले करार कर्मचारीको सूची मागदेखि सुशासनको माग अघि सारेका छन् । तर, कर्मचारीले जेन–जी आन्दोेलनका कारण काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यबाहेकका सेवा ठप्प पारेका छन् । बेनामी तथा हस्ताक्षर मात्रै भएको एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीमाथि लान्छाना लगाउने काम भएको भन्दै स्वास्थ्यबाहेकका सेवा ठप्प पारेको कर्मचारीहरुले घोषणा गरेका छन् ।

एकातिर जेन–जी आन्दोलन अर्कातिर कर्मचारीले सेवा ठप्प पारेपछि सेवाग्राही मारमा परेका छन् । बेलौरी नगरपालिकाले जेन–जीले भनेजस्तो रिता चौधरी, राजकुमार चौधरीलगायतका कर्मचारीनै नभएको बताएका छन् । नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना नगरिएकोदेखि भ्रष्टाचार नभएको दाबी गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रमेश बुढाथोकीले काम गर्ने वातावरण नहुँदा सेवा ठप्प पारेको बताए । कार्यपालिका बैठकबाट पारित निर्णयमा आफुले केही गर्न नसक्ने र उनीहरूको माग कार्यपालिकाबाट मात्रै पूरा हुने बताए ।