मङ्लबार, जेष्ठ ५, २०८३

जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बिरुद्ध अख्तियारमा उजुरी

धनगढीः जिल्ला समन्वय समिति अछाम उपप्रमुख दानमती बम शाही बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। समन्वय उप प्रमुख शाहिले प्रचलित नियम कानून र ओहदाको दुरुपयोग गरेको, पदिय दायीत्व कर्तब्य निर्वाह गर्नु पर्नेमा अधिकारको दुरुपयोग गरी जिल्ला समन्वय समितीको प्रमूखको रुपमा उप–प्रमूखले प्रमूखको किर्ते हस्ताक्षर गरी आफ्नो परिचयपत्र जारी गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।

यस्तै समन्वय समिती उप–प्रमूख दानमती शाही बमले आफुले नियमानुसार पाउने दैनिक भ्रमण खर्च जिल्ला समन्वय समिति प्रमुखबाट स्विकृत गराउनु पर्नेमा आफै स्विकृत गर्ने गरेको र सदस्यहरुको समेत आफै स्विकृत गर्ने गरेको भन्दै मुद्दा परेको हो।