मङ्लबार, असार १६, २०८३

कान्ति लोकपथ दुई रात बन्द हुने, वैकल्पिक मार्ग अपनाउन आग्रह

कान्ति लोकपथअन्तर्गत मकवानपुर-सिन्धुली सडकखण्डमा दुई रात सवारी आवागमनमा रोक लगाइएको छ ।

देशभर मनसुन सक्रिय रहेको अवस्थामा विपद्जन्य घटनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले सवारी संचालनमा रोक लगाइएको हो । सूचनाअनुसार आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिने छ ।

अर्को सूचना जारी नभएसम्म यो व्यवस्था कायम रहने जानकारी दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनाको जोखिम बढेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गर्नुपरेको प्रशासनले प्रष्ट्याएको छ ।

‘कान्ति लोकपथ राजमार्ग हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक–निजी यात्रुवाहक सवारी साधनलाई मिति २०८३–०३–१६ गते साँझ ५ बजेदेखि मिति २०८३ असार १७ बिहान ५ बजेसम्म र मिति २०८३ असार १७ गते साँझ ५ बजेदेखि मिति २०८३ असार १८ गते बिहान ५ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको…’,सूचनामा उल्लेख छ ।