बुटवल-नारायणगढ सडक खण्डको आयोजना कार्यालयका कर्मचारी एवम् हाकिमहरुले सिडियो र जनप्रतिनिधिलाई नै टेर्न छाडेका छ्न् ।
आयोजनाले झन्डै ९० प्रतिशत निर्माणको काम पूरा गरेको दावी गरेको छ । केही ठाउँमा मार्किङ्को काम समेत भैरहेको छ । तर सडकमा मार्किङको काम भैरहँदा सडकको गुणस्तरवारे भने प्रश्न उठाईएको छ ।
सडक उबडखाबड भएको,पुलहरुमा जम्पिङ हुने गरेको प्रहरी कार्यालय अगाडि क्रसिङ नराखेको,विभिन्न ठाउँमा सडक दबिएको अवस्था छ। पश्चिम् खण्डको भुमही बजार चोकमा काम बाँकी रहेकाले बर्षातको पानी जम्दा सवारी आवागमन र पैदल यात्रुलाई असहज भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १० र ११ को वीच भागअन्तर्गत मौराहाटाडीमा कल्भर्ट साँघुरो हुँदा मुख्य राजमार्ग माथिबाटै पानी बग्ने गरेको छ ।
नागरिकको गुनासोपछि यस क्षेत्रका सांसद र सिडियो दिपकराज नेपालसङ्ग पश्चिम् आयोजना खण्डका कार्यालय प्रमुखसहितको छलफलमा सुधार गर्ने बिषयमा आयोजनाले आनाकानी गरेपछि सिडियो र जनप्रतिनिधि रुष्ट बन्दा केहीबेर अवस्था असामान्यसमेत भएको थियो ।
“समस्या देखिएका ठाउँहरुमा सुधार नगरी मार्किङको काम गरिदै छ,जनताले हामीलाई समेत खबरदारी गरेकाले आयोजनालाई पटक पटक घच्घच्याउँदा समेत आलटाल गर्नु र सिडियोले निर्देशन गरेको समेत नटेर्ने प्रवृत्ति गलत हो-प्रतिनिधि सभा सदस्य बिक्रम खनालले भने । समस्या समाधान गर्न आग्रह गर्दा बर्षातको समयमा अप्ठ्यारा ठाउँहरुको उपकरण तयारी अवस्थामा राखिने भनिएकोमा त्यसतर्फ तदारुकता नदेखाएकोप्रति सिडियो नै अचम्मित भएका छ्न् ।
नागरिकले पटक पटक गुनासो गरेको अवगत गराउदा समेत आलटाल गरिरहेका कर्मचारीहरुले सिडियोको सिडियोको अडानपछि भुमही चोकमा केही टिप मिस्कट खसालेका छ्न् तर सडकमा देखिएको अन्य प्राविधिक समस्या समाधान गर्न आयोजनाले तत्परता देखाउछ वा देखाउदैन त्यो भने हेर्न बाँकी नै छ ।