बुधबार, असार १७, २०८३

सेफ्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृ*त्यु

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

गोदावरी नगरपालिका–४ बाँस्कोटामा निर्माण भइरहेको सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी बाजुराको बुढीगंगा नगरपालिका–७ घर भई हाल मामा घरमा बस्दै आएकी थिइन्।

मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेकी बालिका डुबेको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।