काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। हिजोको तुलनामा सुन तोलामा ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ।
हिजो मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।