बुधबार, असार १७, २०८३

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप, एक जना प*क्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव विक रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली खटिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका विकमाथि प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।