धनगढी, साउन ६ — जिल्ला प्रहरी कार्यालय कैलालीले २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ (Best Police of the Month)’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी सहायक हवल्दार महेशबहादुर चन्द लाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको हो।
प्रहरी सहायक हवल्दार चन्दलाई कार्यसम्पादन, अनुशासन, आचरण तथा अपराध अनुसन्धानमा उत्कृष्ट भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा असार महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन, जिम्मेवारीबोध अभिवृद्धि तथा सेवाप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले प्रत्येक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।