शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्रीको सन्देशसहित मधेशी आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् ।

बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेशी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी थिइन् ।नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसदमा पेश गर्ने प्रावधान रहेको छ ।