शुक्रबार, भदौ ५, २०८३

अर्थमन्त्रीसँग २० बैंक प्रमुखको भेट

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन्।

बजेटले घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम तथा उपायहरूको प्रभावकारी कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उहाँले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन्।

दिउँसो ३ बजे अर्थ मन्त्रालयमा आयोजना हुने उक्त बैठकमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने मन्त्रालयले जनाएको छ।