अन्तरिक राजस्व कार्यालय लहान, सिराहाका कर अधिकृत युवराज एमएस पालउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित चार्टड एकाउण्टेन्ट रामरिझन यादवविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अख्तियारको टोलीले गत साउन ७ गते उनलाई पाँच लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा पालले यादवसँग मिलेर कर फछ्र्यौटका निम्ति सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारको दाबी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पाँच लाख रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।