धनगढीमा नवजात शिशुदेखि बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध हुने गरी ‘स्माइल किड्स स्टोर’ सञ्चालनमा आएको छ। निर्माण भवन धनगढी छेउमा स्थापना गरिएको स्टोरको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
धनगढीस्थित नवजीवन अस्पताल प्रालिमा कार्यरत नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सतीश कुमार शर्माले स्टोरको उद्घाटन गरेका हुन्।
स्टोरकी सञ्चालक ज्योति ओझाका अनुसार भरपर्दो सेवा, गुणस्तरीय सामान, उचित मूल्य तथा माया र विश्वासलाई प्राथमिकतामा राखेर स्माइल किड्स स्टोर सञ्चालनमा ल्याइएको हो।
उनका अनुसार स्टोरमा नवजात शिशुदेखि बालबालिकासम्मका आवश्यक सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध छन्। बेबी लुगा, विभिन्न बेबी सामग्री, अस्पताल ब्याग, खेलौना लगायतका सामग्री उचित मूल्यमा उपलब्ध रहेको ओझाले जानकारी दिइन्।
त्यस्तै, गर्भवती तथा सुत्केरी महिलाका लागि आवश्यक पर्ने विभिन्न सामग्रीसमेत स्टोरमा उपलब्ध रहेको उनले बताइन्। ग्राहकको सहजतालाई ध्यानमा राख्दै स्टोरले होम डेलिभरीको समेत व्यवस्था गरेको छ।
सञ्चालक ओझाका अनुसार स्माइल किड्स स्टोरको फेसबुक र टिकटकमार्फत समेत ग्राहकले सम्पर्क गरी आवश्यक सामग्रीको जानकारी लिन तथा घरमै बसेर सामान मगाउन सक्ने व्यवस्था गरिएको छ।
धनगढीमा बालबालिका तथा मातृशिशुसँग सम्बन्धित सामग्रीका लागि एउटै स्थानबाट गुणस्तरीय सेवा दिने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक ओझाले बताइन्।