धनगढीमा भदौ १० गते कमला पूजा विशेष धार्मिक तथा भक्तिमय कार्यक्रम आयोजना हुँदैछ। भन्सार मोहना घाट तथा छठ घाट स्थलमा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म पूजा आराधना, भजन कीर्तन तथा प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।
सम्पूर्ण श्रद्धालु भक्तजनलाई परिवारसहित उपस्थित भई कमला माताको दर्शन तथा पूजाआजामा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
आयोजक: श्री कमला पूजा सेवा समिति तथा सम्पूर्ण सहनी परिवार