अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि बसेको सर्वपक्षीय भेला बिना निष्कर्ष टुंगिएको छ।
नगर प्रमुख वीरेन्द्र भट्टको नेतृत्वमा बसेको भेला बिना निष्कर्ष टुंगिएको हो । भेलामा गोदावरी नगरपालिका भित्र विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।
उनीहरुले भेलामा बोल्दै छाडा चौपाया व्यवस्थापन अनिवार्य रहेको धारणा राखे । यद्यपी कहाँ, के र कसरी गर्ने भन्ने विषयमा भदौ ११ गते फेरि विभिन्न सामुदायिक वनका प्रतिनिधि तथा सरोकारवालाहरु संग छलफल गर्ने गरी भेला टुंगिएको हो ।
कुनै लिखित निर्णय नगरी बिना निष्कर्ष भेला टुंग्याएको भन्दै स्थानीयहरुले वादविवाद समेत गरेका थिए ।
छाडा चौपाया व्यवस्थापनको माग राख्दै तीन दिन अघि स्थानीयहरुले नगर प्रमुख र उप प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
त्यसपछि नगर प्रमुखले आज शुक्रबारका लागि भेला आह्रान गरेका थिए ।
ताला भने दोस्रो दिन नै तालाबन्दी गर्ने पक्षलाई जानकारी नै नदिई प्रशासनको सहयोगमा खोलिएको थियो ।