काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले पठाएको छ । सरकारी स्रोतका अनुसार पानीको बहाब बढ्दै गए पनि तत्काल ठूलो बाढी (आउटबर्स्ट) को जोखिम कम रहेको आंकलन गरेको छ ।
चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सन्देशमा छ’,तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ। यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाब हुने जोखिम कम छ ।’
यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको थियो । चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप जानकारी प्राप्त भएमा त्यसबारे जानकारी गराउने बताएको छ ।