शनिबार, भदौ १३, २०८३

रसुवा बाढीपीडितका लागि कैलाली अस्पतालद्वारा १ लाख बढी सहयोग

रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित कैलाली अस्पतालले आर्थिक सहयोग गरेको छ।
अस्पतालले बाढीपीडितको राहतका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
धनगढी उपमहानगरपालिका–१ स्थित अस्पतालले विपद्का कारण प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको जनाएको छ।अस्पतालले विपद्को यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाएको छ। साथै, विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ। कैलाली अस्पतालले आफूलाई ‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ संस्थाका रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ।