शनिबार, भदौ १३, २०८३

उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

रसुवा बाढीपछिको अवस्थामा उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् । रसुवा बाढीपछिको अवस्थामा उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।उनका अनुसार नेपाल प्रहरीबाट ७ हजार २५० जना, नेपाली सेना ४ हजार २ सय जना, सशस्त्र प्रहरी १ हजार ८४५ जना गरेर कुल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् । साथै, बिभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ ।नका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कूल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् । १० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ ।