बुधबार, अशोज २१, २०८३

हाम फालेर युवक बेपत्ता

रुपन्देही । रुपन्देहीको बुटवलमा एक युवक तिनाउ नदीमा हाम फालेर बेपत्ता भएका छन्।बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट हिजो शुक्रबार राती करिब ३५/३६ वर्षीय पुरुष नदीमा हाम फालेर बेपत्ता भएको बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हालसम्म उनको नाम, थर र ठेगाना खुलेको छैन।

स्थानीयका अनुसार उनी बजार क्षेत्रमा नियमित मदिरा सेवन गर्ने तथा मागेर खाने गरेको बताइएको छ।