धनगढी– मोरङको बेलबारी नगरपालिका–१०, भुर्रा निवासी २१ वर्षीया सुनिता सुनार पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ । परिवारका अनुसार सुनिता केही दिनदेखि सम्पर्कविहीन भएपछि उनको खोजी कार्य जारी राखिएको छ ।
सुनिताकी आमा विमला सुनारका अनुसार छोरी पाँच दिनदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएकी छैनन् । नियमित रूपमा सम्पर्कमा रहने सुनिता अचानक सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको जनाएको छ ।
परिवारले सुनिताको सम्भावित स्थानबारे आफन्त, चिनजानका व्यक्ति तथा अन्य माध्यमबाट खोजी गरिरहेको बताइएको छ । लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि घटनाबारे सम्बन्धित निकायलाई समेत जानकारी गराएको उनको भनाइ छ ।
सुनितालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ९७०९१७८४१९ मा सम्पर्क गरि जानकारी गराइदिन परिवारले आग्रह गरेको छ । परिवारले छोरी सकुशल घर फर्कने आशा राखेको जनाएको छ ।