धनगढी : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरका ३४ वर्षीय युवराज आचार्य पक्राउ परेका छन्।
किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले आचार्यलाई आइतबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका आचार्यमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।