सोमवार, अशोज १९, २०८३

धनगढी जुगेडामा २५ गतेदेखि भव्य रामलीला हुँदै

धनगढीः धनगढी उपमहानगरपालिका १२ जुगेडामा यही असोज २५ गतेदेखि ‘रामलीला तथा साँस्कृतिक कार्यक्रमु हुने भएको छ।

कार्यक्रम जुगेडा राइजिङ युवा क्लब र निःशुल्क ज्येष्ठ नागरिक चियाघरको संयुक्त आयोजनामा हुने भएको हो। आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने, स्थानीय कलाकार तथा युवाको प्रतिभा प्रस्फुटन तथा समुदायलाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लवका सचिव किशोरकुमार जोशीले बताए।