आइतवार, अशोज २५, २०८३

कैलालीको चुरेमा भरुवा बन्दुक फेला पर्‍यो

धनगढी । कैलालीको चुरे क्षेत्रबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी कार्यालय मसुरिया र सव–डिभिजन वन कार्यालय वडैपुरबाट खटिएको संयुक्त टोलीले गौरीगंगा नगरपालिका–५ अन्तर्गतको बुढी बेताल सामुदायिक वनमा गस्ती गर्ने क्रममा बन्दुक फेला पारेको हो।

वन क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा लुकाइराखिएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मसुरियामा राखिएको छ।