धनगढी, कैलाली। घटस्थापनाको शुभ अवसर पारेर धनगढीको मेनरोडस्थित कृषि सामग्री भवनमा निहारिका इलेक्ट्रोनिक हबसञ्चालनमा आएको छ। विभिन्न प्रतिष्ठित ब्रान्डका इलेक्ट्रोनिक सामानहरू एउटै छानामुनि उपलब्ध गराउने तथा ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले हबसञ्चालनमा ल्याइएको हो।
निहारिका इलेक्ट्रोनिक हबको उद्घाटन कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज ओझाले गर्नुभएको हो। उद्घाटनका क्रममा अध्यक्ष ओझाले धनगढीमा गुणस्तरीय तथा प्रतिष्ठित ब्रान्डका इलेक्ट्रोनिक सामानको आवश्यकता रहेको उल्लेख गर्दै एउटै स्थानबाट विभिन्न सामान उपलब्ध गराउने व्यवसाय सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले ग्राहकलाई आवश्यक सामग्री खरिदका लागि हबको सेवा लिन आग्रह गर्दै सफल व्यवसायको शुभकामना पनि दिनुभयो।
हबका सञ्चालक सन्तोष मण्डल धानुकका अनुसार ग्राहकले विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्न छुट्टाछुट्टै पसल धाउनुपर्ने अवस्थालाई सहज बनाउन अधिकांश आवश्यक इलेक्ट्रोनिक सामग्री एउटै स्थानमा उपलब्ध गराइएको छ। यसबाट ग्राहकको समय बचत हुनुका साथै सामान छनोट र खरिद प्रक्रियासमेत सहज हुने उहाँले बताउनुभयो।
दसैँ, तिहार, छठ पूजा तथा नयाँ विक्रम संवत्को अवसर पारेर निहारिका इलेक्ट्रोनिक हबले ग्राहकका लागि १० देखि २० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको सञ्चालक धानुकले जानकारी दिनुभयो।
उहाँले धनगढी तथा आसपासका सम्पूर्ण ग्राहकलाई एकपटक हबमा आएर उपलब्ध सामग्रीको अवलोकन गर्न र सेवाको लाभ लिन आग्रह गर्नुभएको छ।
विभिन्न प्रतिष्ठित ब्रान्डका इलेक्ट्रोनिक सामान एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको निहारिका इलेक्ट्रोनिक हबले स्थानीय ग्राहकलाई सहज र सुविधाजनक खरिद अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।