आइतवार, अशोज २५, २०८३

बूढीगण्डकी बाढीबाट शिशु र विदेशी नागरिकसहित ३६ जनाको उद्धार

काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

नाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

आज बिहान चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा बाढी आएको थियो ।