अत्तरिया – सुदूरपश्चिमको प्रदेश राजधानी निर्माणका लागि १ करोड विनियोजन गरिएको छ । आइतबार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभामा पेस गर्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले पूर्वाधार गुरुयोजना निर्माण तथा संरचना निर्माणका लागि १ करोड विनियोजन गरिएको बताए ।
उनले भने ‘प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारबाट भोगाधिकार प्राप्त गर्न आवश्यक पहल गरिने छ । प्रदेश राजधानी पूर्वाधार गुरुयोजना निर्माण तथा संरचना निर्माणका लागि १ करोड विनियोजन गरेको छु ।’