आइतवार, अशोज २५, २०८३

सेती अस्पताल सुधार्न सुदूरपश्चिम सरकारको योजना, साढे २५ करोड बजेट विनियोजन

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुधार योजना लागू गर्ने भएको छ। त्यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा साढे २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अस्पताल सुधार योजनाका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।