बुधबार, बैशाख ९, २०८३

कञ्चनपुर T-20 क्रिकेट प्रतियोगिता को पहिलो खेलमा आयोजक सी विजयी भोलि आयोजक बी र मालिकार्जुन हार्डवेयरबीच खेल हुँदै

कञ्चनपुर- कञ्चनपुर T-20 क्रिकेट प्रतियोगिता २०८१ को पहिलो संस्करणको पहिलो खेल आज सम्पन्न भएको छ।

सिद्धेश्वर जय पृथ्वी क्लबको आयोजनामा सञ्चालन भएको कञ्चनपुर टि 20 क्रिकेट प्रतियोगिताको आज पहिलो खेल सम्पन्न भएको हो।
आज उद्घाटन सत्रको खेल आयोजक सी र आयोजक बी बीच सम्पन्न भएको थियो। जुन खेलमा आयोजक सीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाउँदै ११० रनको लक्ष्य दिएकोमा जबाबि ब्याटिङमा आयोजक सी ले ७ ओभरमा एक विकेट गुमाउँदै ११० रनको लक्ष्य पूरा गरेको हो।

विजेता टोली टिम सीका योगेश भाटले सर्वाधिक ६२ रन बनाउँदै अर्धशतक बनाउने र आजको म्यान अफ द म्याच खेलाडी बन्न सफल भएका छन्। आयोजकका अनुसार भोलिको खेल मालिकार्जुन हार्डवेयर र आयोजक ए बीच हुने र त्यसपछिका अन्य खेल २७ गतेदेखि हुने जनाइएको छ । कञ्चनपुर T20 क्रिकेट प्रतियोगिता २०८१ को प्रथम पुरस्कार रु १ लाख रहेको छ भने द्वितीय पुरस्कार रु ५० हजार रहेको छ।