आइतवार, बैशाख १३, २०८३

धनगढीमा अपाङ्गता भएका महिलाहरूको ‘फेसन सो’ हुने

धनगढी, ६ फागुन / धनगढीमा अपाङ्गता भएका महिलाहरूको फेसन सो हुने भएको छ। चैत ८ गते साँझ शुभम् होटेलको सभा हलमा  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता उद्घाटन गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको सहकार्यमा हुन लागेको साइनिङ होम पोखराकी अध्यक्ष आसिका चन्दले जानकारी दिइन्।

“सँगै हिडौं,सँगै काम गरौँ, सँगै अघि बढौं” भन्ने मुल मर्मका साथ सुदूरपश्चिममा फरक क्षमता भएका महिलाहरुको लागि गरिएको हो । अपाङ्गता भएका महिलाहरूको प्रतिभाको खोजी गर्नका लागि समेत यो फेसन सो गरिन लागेको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान वहादुर धामीले आज सम्मेलन मार्फत जानकारी दिए।

धनगढीमा गरिन लागेको फेसन सो अपाङ्गता भएका महिलाहरूलाई समाजले हेर्ने नजर परिणत गर्न र घर भित्र रहेका महिलाहरुको लागि प्रभाकरी वन्ने बताए । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गरिन लागेको समेत आयोजकले जानकारी दिए।