सोमवार, जेष्ठ ४, २०८३

धनगढीमा बस दुर्घटना: शाहीको मृत्यु, अन्य उपचाररत

धनगढी : धनगढी उप महानगरपालिका वडानम्बर- ३ स्थित बाेराडाडी चाेकमा बस पल्टिदा १ जनाकाे मृत्यु भएकाे छ भने १२ जना घाईते भएका छन् । कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका अनुसार ग. २ ख १९०७ नम्बरकाे गाडी पैदल यात्रीलाई बचाउन खाेज्दा पल्टेकाे हाे ।
दुर्घटनामा परी पैदलयात्री धनगढी-४ का ६१ बर्षिय गणेश बहादुर शाहीकाे मृत्यू भएकाे कैलाली जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर देउवाले बताउनु भयाे । दुर्घटनामा परी बसमा सवार १२ जना घाईते भएका छन् । उनिहरूकाे धनगढी स्थित माया मेट्राे अस्पताल र निसर्ग हस्पिटलमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेकाे बस धनगढीबाट पाेखरा तर्फ गईरहेकाे थियाे । बसमा १९ जना सवार रहेकाेमा अन्यकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।
स्थानीएका अनुसरा चटकपुर र राजपुरकाे विचमा प्रहरी विट नहुदा बढी दुर्घटना हुने गरेकाे छ । प्रहरीकाे अनुपस्थतिमा तिब्ररूपमा सवारी हाँक्दा बढी दुर्घटना हुने गरेकाे स्थानीय गजबहादुर ऐरले बताउनु भयाे । साे स्थानमा प्रहरी चेकपाेष्ट स्थापना गर्न उहाँले माग गर्नु भएकाे छ ।